काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड बीच बैंकका ग्राहकलाई विभिन्न प्रयोगशाला परीक्षण सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले नेसनल प्याथ ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण तथा स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंकले ग्राहकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवा क्षेत्रमा विभिन्न संस्थासँग सहकार्य विस्तार गर्दै आएको जनाएको छ। यसअघि बैंकले भारतका प्रतिष्ठित अस्पतालहरू मेदान्त, इन्द्रप्रस्थ तथा एपोलोलगायतसँग पनि विशेष छुटसम्बन्धी सम्झौता गरिसकेको छ।
हाल कुमारी बैंकले देशभर २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले बदलिँदो समयसँगै ग्राहकलाई थप सहज, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यसहित आगामी दिनमा पनि स्वास्थ्य तथा अन्य सेवासम्बन्धी सहकार्यलाई विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।















प्रतिक्रिया दिनुहोस्