Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

रोकिएन शेयर बजार घट्नेक्रम, घट्यो कारोबार

रोकिएन शेयर बजार घट्नेक्रम, घट्यो कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको बुधबार आइपुग्दा शेयर बजार घट्नेक्रमले निरन्तरता पाएको छ ।बजार घट्दा कारोबार रकम पनि घटेको छ । यो दिन नेप्से परिसूचक ४.१५ अंकले घटेर दुई हजार ७४०.२५ विन्दुमा आइपुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेप्से परिसूचक घट्दा कारोबार रकम पनि घटेको हो । यो दिन ५६ लाख ४३ हजार कित्ता शेयर किनबेचहुँदा दुई अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एसवाई प्यानेल नेपाल,रिडी पावर कम्पनी, साहस उर्जा लिमिटेड, सोलु हाइड्रो पावर,रिलायन्स स्पेनिङ मिल्सको ८ करोड २७ लाख रुपैयाँदेखि २७ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

घटेको बजारमा एशियन हाइड्रोपावर, एसवाई प्यानेल नेपाल, हिमालयन बैंक लिमिटेड बोन्डको शेयर मूल्य ४.३४ प्रतिशतदेखि ११.४२ प्रतिशतसम्मले बढेको छ । त्यस्तै घटेको बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, सिटीजन बैंकको ऋणपत्रको ५.७६ प्रतिशतदेखि ११.७९प्रतिशतले घटेको छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit