Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

चेम्बर अफ कमर्ससँगको सहकार्यमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ हुँदै

चेम्बर अफ कमर्ससँगको सहकार्यमा ‘इन्टरनेशनल आयुष कन्क्लेभ हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र भारत स्थित काउन्सिल फर ईन्टिग्रेटिभ वैद्य ईनोभेसन एण्ड कोलाबरेशन (सिभिक) को संयुक्त आयोजनामा ‘इन्टरनेशनल आयुष कन्क्लेभ’आयोजना हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

चौथो संस्करणको यस कन्क्लेभ आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा आयोजना हुन लागेको हो । संस्थाका प्रतिनिधि डा.एम एम. कुरैशीका अनुसार कार्यक्रममा वैज्ञानिक सत्र, अनुसन्धानमा आधारित प्रस्तुति तथा अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानलाई विशेष प्राथमिकता दिइनेछ । उनका अनुसार आयुष क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई आयुष लेजेष्डरी अवार्ड, आयुष एक्सिलेन्स अवार्ड, आयुष राईजि अवार्ड तथा आयुषईन्टरप्राईज अवार्ड प्रदान गरी सम्मान गरिनेछ ।

यसका साथै आयुष चिकित्सकहरूको एकै मञ्चमा सबैभन्दा ठूलो क्लिनिकल डायग्नोसिस सत्र सञ्चालन गरी ‘लेजेन्ड्स वल्र्ड रेकर्ड’ कायम गर्ने प्रयास पनि गरिने जनाइएको छ । कन्क्लेभमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, युनानी, सिद्ध, होमियोप्याथीलगायत विभिन्न आयुष प्रणालीलाई एउटै मञ्चमा ल्याइनेछ । सहभागीहरूले स्वास्थ्य अभ्यासमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा आधुनिक प्रविधिको प्रयोगबारे समेत जानकारी प्राप्त गर्नेछन् । कार्यक्रम आयुष क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । कन्क्लेभको मुख्य उद्देश्य आयुष प्रणालीलाई विश्वव्यापी मान्यता दिलाउनुका साथै चिकित्सकहरूलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउनु रहेको आयोजकले जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्सका ट्रेड फेयर समितिका सभापति राष्ट्रभूषण चाकुबजीका अनुसार भारतका २० भन्दा बढी राज्यसहित १० भन्दा बढी देशबाट २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit