Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक श्रेष्ठ र दुई सञ्चालक सदस्यले लिए शपथ

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक श्रेष्ठ र दुई सञ्चालक सदस्यले लिए शपथ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक र सञ्चालक समितिका नवनियुक्त दुई सदस्यले एकसाथ पद तथा गोपनियताको शपथ लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशक बनाउने निणर्य गरेको थियो । काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।

प्राधिकरणले ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारलगायतका कामलाई निरन्तरता दिने अपेक्षासहित श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यस्तै, सञ्चालक समिति सदस्यमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाही र उपभोक्ताको तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त भएका थिए ।

नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै मन्त्रालयमा मन्त्री श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit