Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

सरकारी कर्मचारी कुनै राजनीतिक क्रियाकलापमा सहभागी भए मात्र पनि कारबाहीमा पर्ने

सरकारी कर्मचारी कुनै राजनीतिक क्रियाकलापमा सहभागी भए मात्र पनि कारबाहीमा पर्ने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई सक्रिय राजनीतिमा संलग्न नहुन कडा चेतावनी दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक सूचना जारी गर्दै राजनीतिमा लागेका कर्मचारीलाई सेवाबाटै हटाउन सकिने स्पष्ट पारेको हो। मन्त्रालयले सूचनामार्फत निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिँदै राजनीतिक तटस्थता कायम राख्न समेत सचेत गराएको छ।

मन्त्रालयका अनुसार नेपालको संविधान र निजामती सेवा ऐनले कर्मचारी संयन्त्र निष्पक्ष र उत्तरदायी हुनुपर्ने परिकल्पना गरेकोले उप्रान्त कर्मचारीहरु राजनीतिमा संलग्न भए जागिरबाटै निकाल्न सकिने मन्त्रालयको चेतावनी छ । ‘निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (ङ)बमोजिम राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिनेछ’ जारी विज्ञप्तिमा उल्लेख छ।

कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भ्रातृ सङ्गठन वा जनवर्गीय सङ्गठनमा आबद्ध हुन नपाउने उल्लेख गर्दै मन्त्रालयले लागेको पाइएमा तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयको शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘निजामती कर्मचारी कुनै राजनीतिक दलको भातृ संगठन वा जनवर्गीय संगठन तथा राजनीतिक दलको सदस्यता लिएको वा कुनै पनि राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बनेमा कानून बमोजिम कारबाही गरिनेछ।’

निजामती प्रशासनमा अनुशासन कायम गरी सुशासन प्रवद्र्धन गर्न हेतु उक्त कदम चालेको मन्त्रालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit