Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सरोज सिटौला निर्वाचित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सरोज सिटौला निर्वाचित
विज्ञापन
Advertisement

काठमाडौं।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन्। पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित भएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार भएको निर्वाचनमा प्रतिष्पर्धी हरिशरण केसीलाई ५ सय ६६ मतान्तरले पराजित गर्दै सिटौला अध्यक्षमा विजयी भएका हुन्। विजयी भएका सिटौलाले १ हजार ३० मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी केसीले ४ सय ६४ मत प्राप्त गरेका हुन्। यसअघिको कार्यसमितिमा सिटौला वरिष्ठ उपाध्यक्ष थिए।

७ उपाध्यक्षमा चन्द्रा ओझा ७८३, डम्बरराज पन्त ६९३, आत्माराम थापा ६३१, कान्छाराम थिङ ६१०, कान्छाराम बल ५८५, जितबहादुर भारती ५५६ र रामप्रसाद सुवेदी ५३९ मत ल्याएर विजयी भए। उपाध्यक्षमा १३ जनाबीच भएको प्रतिस्पर्धा भएको थियो।
महासंघको उपाध्यक्ष (मालवाहक)मा यादवलाल श्रेष्ठ ७६ मत प्राप्त गरेर विजयी भए भने पराजित नविन प्रजापतीले ६३ मत प्राप्त गरे।
महासचिवमा डेकनाथ गौतमले ६ सय ९८ मत ल्याएर विजयी भए।३ उपमहासचिवमा देविन श्रेष्ठ ८४१, भानुभक्त बराल ७६१ र पुरुषोत्तम सिंखडाले ६१३ मत ल्याएर विजयी भए।

३ सचिव पदमा उमेश केसी ५९९, चेतप्रसाद गौतम (अर्जुन) ७६१ र टंकप्रसाद बस्यालले ६१३ मत ल्याएर विजयी भए। सचिवमा ७ जनाबीच भएको प्रतिस्पर्धा भएको थियो।कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर विजयी भए।

महासंघको १४ सदस्यमा समीक्षा गुरुङ, अर्जुन श्रेष्ठ, गोपाल कार्की, दीपक बोहोरा, अशोककुमार चौधरी, प्रकाश तिवारी, कृष्णप्रसाद सुवेदी, गणेशराज पाण्डे, पदमराज सापकोटा, गणेशबहादुर गुरुङ, हरिभक्त श्रेष्ठ, टेकेन्द्र राई, भुपेन्द्र खड्का र हेमराज दाहाल विजयी भएका हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit