Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

सुनको भाउ एकैदिन चार हजार रुपैयाँले सस्तियो, तोलाको कति ?

सुनको भाउ एकैदिन चार हजार रुपैयाँले सस्तियो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार तोलामा ३०० रुपैयाँले बढेको सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९८ हजार ५०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन हिजो सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । लगातार चार कारोबार दिन उकालो लागेको चाँदीको मूल्य आज तोलामा ३५५ रुपैयाँले घटेको छ । महासंले आजको लागि चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा खरिदबिक्री भैरहेको जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit