Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

बीमा क्षेत्र संकटको सारथी बन्नुपर्छ: मुख्यमन्त्री

बीमा क्षेत्र संकटको सारथी बन्नुपर्छ: मुख्यमन्त्री
विज्ञापन
Advertisement

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको भरपर्दो सारथीका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ५८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बिहीबार मुख्यमन्त्री कँडेलले बीमालाई नागरिकको दुःखको साथीका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए ।

उनले बीमा सेवा विपत्तिको समयमा सबैभन्दा पहिले सम्झिने विश्वासिलो र भरपर्दो माध्यम बन्नुपर्ने उल्लेख गरे । ‘बीमा विपत्तिको साथी हो । अप्ठ्यारो पर्दा नागरिकले सम्झिने र भरोसा गर्ने क्षेत्र बन्नुपर्छ,’उनले भने ।

मुख्यमन्त्री कँडेलले कर्णालीजस्ता दुर्गम क्षेत्रमा अझै पनि बीमा सेवाको पहुँच पर्याप्त नभएको उल्लेख गर्दै सेवा विस्तारमा जोड दिए । उनले गाउँ–गाउँसम्म बीमा सेवा पुर्याउन तथा नागरिकमा बीमाप्रति सकारात्मक सोच विकास गर्न आवश्यक रहेको बताए । जनचेतनाको अभावका कारण धेरै नागरिक अझै बीमाको पहुँचबाट बाहिर रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले बीमासम्बन्धी जनचेतना जगाउने कार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए । ‘हाम्रो समाज बनिबनाउ सोचमा गएको छ । राम्रो कुरा सिक्ने र आफ्नो ठाउँ आफैँ बनाउने संस्कार विकास गर्नुपर्छ,’ उनले भने।

मुख्यमन्त्री कँडेलले दुःख र संकटका बेला बीमा क्षेत्रले नागरिकको सारथी बन्नुपर्नेमा जोड दिए । आर्थिक कारोबार गर्ने संस्था तथा व्यक्तिहरू विश्वसनीय र आर्थिक रूपमा अनुशासित हुनुपर्ने उल्लेख गर्दै उनले पारदर्शी सेवा प्रवाह आवश्यक रहेको बताए । बीमा क्षेत्रमा देखिएको दाबी भुक्तानी प्रक्रियाको जटिलताप्रति पनि उनले ध्यानाकर्षण गराए । नागरिकले सहज र छिटो सेवा पाउनुपर्ने भन्दै उनले भुक्तानी प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राखे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit