Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

जेनजी अभियन्ताले सरकारी छलफल बहिष्कार गर्दै भने– समावेशी संविधान संशोधन सुझाव आयोग नबनाएसम्म छलफल गर्दैनौं

जेनजी अभियन्ताले सरकारी छलफल बहिष्कार गर्दै भने– समावेशी संविधान संशोधन सुझाव आयोग नबनाएसम्म छलफल गर्दैनौं
विज्ञापन
Advertisement

काठमाडौं । संविधान संशोधनको बहसपत्र तयार पार्न बनेको कार्यदलले बोलाएको बैठकलाई जेनजी अभियन्ताहरूले अस्वीकार गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

२५ जेनजी प्रतिनिधिहरूले ६ बुँदे माग राखेर संयुक्त वक्तव्य जारी गर्दै आफूहरू उक्त बैठकमा उपस्थित नहुने जानकारी गराएका हुन्। प्रधानमन्त्री कार्यालयले उनीहरूलाई शुक्रबार छलफल गर्न बोलाएको थियो । तर, उनीहरुले मंसिर २४ मा सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतालाई पूर्ण रूपमा पालना गरिनुपर्ने, भदौ २३ र २४ को आन्दोलनका क्रममा झुट्ठा मुद्दा लगाइएकाहरूको रिहाई र मुद्दा फिर्ता गर्नुपर्ने, शहिद परिवार र घाइतेलाई न्याय दिनुपर्ने माग राखेका छन् ।

साथै, सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरूमाथि राज्यले गरिरहेको दमन तत्काल रोकेर मानवअघिकारको रक्षा गर्नुपर्ने, जेनजी आन्दोलनसहित विगतका २०४६, २०६२र६३, मधेस र थरुहट आन्दोलनका छानबिन प्रतिवेदनहरू सार्वजनिक र कार्यान्वयन गरिनुपर्ने तथा संविधान संशोधनका लागि स्थानीयदेखि संघीय तहसम्म व्यापक र समावेशी बहस गर्ने गरी धारा ५ बमोजिमको शक्तिशाली आयोग गठन गर्नुपर्ने माग राख्दै आजको छलफललाई बहिष्कार गरेका हुन् ।

‘विभिन्न कारणले जेठ १ मा आमन्त्रण गरिएको छलफलमा हामी सहभागी हुन नसक्ने व्यहारा जानकारी गराउँछौं,’ जारी वक्तव्यमा भनिएको छ, ‘यस्ता किसिमका छलफलमा पुन ः आमन्त्रण गर्नुअघि हाम्रा ६ बुँदे माग पूरा गर्न नेपाल सरकारसमक्ष जोडदार अपिल गर्छौं।’

उनीहरूले छलफलमा आफूहरुलाई बोलाएकोमा भने धन्यवाद दिएका छन्।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit