Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित

‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित
विज्ञापन
Advertisement

काठमाडौं । गण्डकी प्रदेशमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत हालसम्म ६६ प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको छ। तीनै तहका सरकारको संयुक्त लगानीमा करिब साढे चार लाख घरधुरी यस अभियानबाट लाभान्वित भएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा थप १५ हजार घरधुरीमा निजी धारा विस्तार गर्ने लक्ष्यसहित १ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा पनि २० हजार घरधुरीमा धारा जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ।

खानेपानी तथा सरसफाइ महाशाखाका सिनियर डिभिजनल इन्जिनियर नवीन अर्यालका अनुसार २०७८ सालको जनगणनामा ५० प्रतिशत घरधुरीमा मात्र निजी धारा रहेकोमा त्यसयता थप १६ प्रतिशत घरधुरीमा सुविधा विस्तार भएको हो।

हाल गण्डकी प्रदेशका ९७ प्रतिशत घरधुरी आधारभूत खानेपानी सेवाको पहुँचमा पुगेका छन् भने तीन प्रतिशत घरधुरी अझै पनि उक्त सेवाबाट वञ्चित छन्। मन्त्रालयका अनुसार आधारभूत खानेपानी सेवा भनेको घरबाट आधा घण्टाभित्र खानेपानी उपलब्ध हुने अवस्था हो।

यद्यपि भौगोलिक जटिलता, लिफ्ट प्रविधिको आवश्यकता, जनशक्ति अभाव र सीमित बजेटका कारण सबै घरधुरीमा निजी धारा विस्तार गर्ने अभियान अपेक्षित गतिमा अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले खानेपानी पूर्वाधार र सेवाको गुणस्तर सुधार गर्दै मध्यम तथा उच्चस्तरको खानेपानी सेवा विस्तारलाई पनि निरन्तरता दिएको जनाएको छ। २०७४ मा दुई वर्षभित्र सबै घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्य लिइए पनि त्यो अझै पूरा हुन सकेको छैन। नेपाल सरकारले भने सन् २०३० भित्र सबै घरधुरीमा आधारभूत खानेपानी सेवा पुर्‍याउने लक्ष्य राखेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit