Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको भेट, श्रम र कृषि सहयोग विस्तारमा जोड

उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको भेट, श्रम र कृषि सहयोग विस्तारमा जोड
विज्ञापन
Advertisement

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायत विषयमा छलफल भएको हो।

विज्ञापन
Advertisement
Advertisement

उपराष्ट्रपति यादवले नेपाल–इजरायल सम्बन्ध सन् १९६० देखि मित्रता, सहकार्य र आपसी समझदारीमा आधारित रहँदै आएको उल्लेख गर्दै आर्थिक, व्यापार, पर्यटन र लगानीका क्षेत्रमा थप विस्तारको सम्भावना रहेको बताए। उनले नेपाली श्रमिकका लागि रोजगारी अवसर उपलब्ध गराएकामा इजरायल सरकारप्रति धन्यवाद व्यक्त गरेका हुन।

उनले कृषि प्रविधि, अनुसन्धान, शिक्षा तथा क्षमता विकासमा भइरहेको इजरायली सहयोगलाई प्रशंसनीय भन्दै यस्ता सहकार्यले नेपालको कृषि आधुनिकीकरण र खाद्य सुरक्षामा महत्वपूर्ण योगदान दिन सक्ने धारणा राखेका छन्।

भेटमा इजरायली राजदूतले नेपाललाई कृषि, माहुरीपालन र माछापालनजस्ता क्षेत्रमा सहयोग विस्तार गर्न इच्छुक रहेको बताए। उनले ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत नेपालीहरूले सीप सिक्दै रोजगारी प्राप्त गरिरहेको उल्लेख गर्दै भविष्यमा थप रोजगारी अवसर उपलब्ध गराउने संकेत गरेका छन्।

दुवै पक्षले संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य जारी राख्ने र सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit