काठमाडौं । नेपालमा ओमोडा ई– फाइभको सफलतापछि एसपिजी अटोमोबाइल्सले अब यसको परिष्कृत संस्करण ‘ई–फाइभ प्रो’ भित्र्याउने तयारी गरेको छ।
नयाँ‘ई–फाइभ प्रो’ विशेष गरी नेपाली ग्राहकहरूको माग र प्रविधिलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यसमा डिजाइन परिष्कृत गरि बाहिरी बनावट र पहिलेको भन्दा अझ प्रिमियम र आरामदायी इन्टेरियर समावेश गरिएको, १९ भन्दा बढी ADAS सुरक्षा फिचरहरू राखिएको छ, जसले दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्दछ। यसैगरी, कनेक्टेड टेक्नोलोजीमा स्मार्ट कनेक्टिभिटी र भावनात्मक मोबिलिटीको अनुभव दिने सफ्टवेयर र फिचरहरू राखिएको कम्पनीले जनाएको छ।
२४.६ इन्चको संयुक्त स्क्रिन, ८–स्पिकर भएको सोनी साउन्ड सिस्टम, र ५० वाटको फास्ट वायरलेस चार्जर, ब्याट्री क्षमता ६१ किलोवाट, ४३० किमी रेन्ज तथा २८ मिनेटमा ३०५ देखि ८०५ सम्म चार्जिङ सुविधा लगायत रहेको बताइएको छ।
कम्पनीले आफ्नो बलियो नेटवर्कमार्फत यस गाडीको बिक्री पछिको सेवा र चार्जिङ स्टेसनको सुविधालाई थप सुदृढ बनाउने जनाएको छ। १५०० भन्दा बढी ओमोडा गाडीहरू नेपाली सडकमा गुडिरहेको सन्दर्भमा यो नयाँ मोडलले स्मार्ट र कनेक्टेड मोबिलिटीलाई अझ माथिल्लो स्तरमा पुर्याउने लक्ष्य कम्पनीले राखेको छ।

















प्रतिक्रिया दिनुहोस्