Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘डग्सी च्यू’मार्फत विश्वलाई जनावर प्रेमको सन्देश दिने नेपाली उद्यमी दम्पत्ती कान्सको रेड कार्पेटमा

‘डग्सी च्यू’मार्फत विश्वलाई जनावर प्रेमको सन्देश दिने नेपाली उद्यमी दम्पत्ती कान्सको रेड कार्पेटमा
विज्ञापन
Advertisement

काठमाडौं । विश्व प्रसिद्ध ७९औँ कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली मूलका उद्यमी दम्पत्ती सहभागी बनेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

हिमालयन छुर्पीलाई कुकुरको आहारको रूपमा विश्वबजारमा स्थापित गर्ने ‘डग्सी च्यू’ का संस्थापक भूपेन्द्र खनाल र स्नेह शर्माले यस वर्षको कान्समा नेपाल र भारतको प्रतिनिधित्व गर्दै रेड कार्पेटमा पाइला टेकेका हुन्। मोरङको उर्लाबारी निवासी खनाल दम्पत्तीले रेड कार्पेटमा फेसनलाई मात्र होइन, भावनालाई पनि प्रस्तुत गरेका थिए। उनीहरूले आफूले हुर्काएको र पछि गुमाएको प्रिय कुकुर ‘मोगली’ को सम्झनामा आफ्नो पोशाकमा मोगलीको तस्बिर राखेका थिए।

एक दशकअघि डाटा एनालिटिक्स कम्पनी ‘सिम्प्लिफाई ३६०’ बाट चर्चामा आएका खनालले सन् २०१५ मा पत्नी स्नेह शर्मासँग मिलेर ‘डग्सी च्यू’ व्यवसाय सुरु गरेका थिए। उनले नेपाल र भारतको हिमाली भेगका किसानहरूबाट संकलित दूधबाट बनेको १०० प्रतिशत प्राकृतिक छुर्पी उत्पादन गरी हाल ३० भन्दा बढी देशहरूमा बजारमा पु¥याइरहेको
छ ।

सह–संस्थापक तथा सीएमओ स्नेह शर्माले कान्सजस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुनु आफूहरूका लागि विशेष अवसर भएको बताइन् । उनका अनुसार घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणसम्बन्धी विश्वव्यापी चेतना बढ्दै गइरहेको अवस्थामा हिमालयमा जन्मिएको ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनिनु गौरवको विषय हो ।

कान्सको रेड कार्पेटमा नेपालीहरूको उपस्थिति बढ्न थालेको छ। यसअघि सन् २०२४ मा हालका प्रधानमन्त्री तत्कालिन (काठमाडौं महानगरपालिकाका मेयर ) बालेन शाहले पनि कान्समा सहभागिता जनाएर अन्तर्राष्ट्रिय ध्यान खिचेका थिए। खनाल दम्पत्तीको यस वर्षको उपस्थितिले नेपाली उद्यमशीलता र मौलिक उत्पादनलाई विश्व स्तरमा थप ब्रान्डिङ गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit