Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

संसद्‍मा प्ले कार्ड र पर्चा प्रदर्शन नगर्न सभामुखको निर्देशन

संसद्‍मा प्ले कार्ड र पर्चा प्रदर्शन नगर्न सभामुखको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् बैठकमा प्ले कार्ड र पर्चा बोकेर प्रदर्शन गर्ने शैलीलाई गैरकानुनी र अमर्यादित भन्दै त्यसो नगर्न निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको जवाफदेहिता माग गर्दै संसद्‍को वेलमा पुगेर विरोध गरेपछि सभामुखले यस्तो आदेश दिएका हुन् ।

बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो सिटबाट उठी सभामुखको आसन अगाडि पुगेका थिए । उनीहरूले हातमा प्ले कार्ड र पर्चा बोकेका थिए भने कतिपय सांसदहरूले आफ्नो छातीमा पर्चा टाँसेर विरोध जनाएका थिए ।

उनीहरूले प्रदर्शन गरेका पर्चा र प्ले कार्डमा ‘प्रधानमन्त्री संसद्‍प्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’ तथा ‘जनमतलाई सम्मान गर’ लगायतका वाक्य लेखिएका थिए ।

सांसदहरूले सभामुखको अगाडि नै गएर प्रदर्शन गरेपछि सभामुख अर्यालले तत्कालै हस्तक्षेप गर्दै संसदीय मर्यादा कायम राख्न सचेत गराउँदै भने, ‘प्रतिनिधिसभा कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो । यहाँ विरोध गर्ने आफ्नै मर्यादा र विधिहरू छन् । यसरी प्ले कार्ड र पर्चा लिएर प्रदर्शन गर्नु संसदीय नियमावली र कानुन विपरीत छ । सदनमा विरोध गर्दा मर्यादापूर्वक गर्न निर्देशन दिन्छु ।’

सभामुखको आदेशपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्नो शरीरमा टाँसिएका पोस्टरसहितै सिटमा बसेर विरोध जारी राखेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit