Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ढल्केश्वर महादेव परिसरमा वृक्षारोपण

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ढल्केश्वर महादेव परिसरमा वृक्षारोपण
विज्ञापन
Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ढल्केश्वर महादेव मन्दिर परिसरमा ५०० वटा फलफूलका बिरुवा रोपेको छ।

विज्ञापन
Advertisement
Advertisement

विश्व जैविक विविधता सप्ताह २०२६ को अवसरमा लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षण र हरियाली प्रवर्द्धनलाई जोड दिँदै वृक्षारोपण गरेको हो ।

मञ्चले सञ्चालन गरिरहेको ‘१० लाख वृक्षरोपण तथा संरक्षण अभियान’ प्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त कार्य गरेको जनाएको छ। कम्पनीले वातावरणीय सन्तुलनसँगै स्थानीय समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने उद्देश्यले अम्बाको २०० वटा, अमला १५० वटा र कागती १५० बोट रोपेको जनाएको छ।

वृक्षरोपण कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठ सहित कम्पनीका कर्मचारीहरूको सहभागिता थियो। साथै, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जिवी प्रसाद पोखरेल, ढल्केश्वर महादेव वैदिक सनातन धर्म संरक्षण संस्थाका अध्यक्ष राजकुमार थापा तथा स्थानीय समुदायका प्रतिनिधिले उपस्थिति जनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ श्रेष्ठले वृक्षरोपण केवल औपचारिकतामा सीमित नभई स्वच्छ वातावरण र जैविक विविधता संरक्षणका लागि अनिवार्य रहेको बताइन् ।

त्यस्तै, लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक एवं अध्यक्ष बासु गौतमले यो अभियानअन्तर्गत देशभरका सरकारी विद्यालय, मन्दिर र खाली जग्गाहरूमा स्थानीय समुदायकै सहभागितामा फलफूल र धार्मिक महत्त्वका रैथाने प्रजातिका रुखहरू रोप्ने कार्य भइरहेको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit