Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बाजुरा–हुम्ला विवादमा सहमति,अबरुद्ध कर्णाली करिडोर सुचारु हुने

बाजुरा–हुम्ला विवादमा सहमति,अबरुद्ध कर्णाली करिडोर सुचारु हुने
विज्ञापन
Advertisement

बाजुरा। बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको सीमा विवाद र प्रहरी चौकी निर्माणलाई लिएर उत्पन्न तनावपछि अवरुद्ध गरिएको कर्णाली करिडोर राजमार्ग सुचारु गर्ने सहमति भएको छ । हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबीच भएको छलफलपछि आन्दोलन स्थगित गर्दै सडक सञ्चालन गर्ने सहमति गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सहमतिअनुसार लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी मुचल्का तयार गरिनेछ भने हुम्लाको खार्पुनाथ गाउँपालिका–२ र ३ का संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने जनाइएको छ । स्थानीयवासी र पर्यटकबाट लुटिएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ ।

त्यसैगरी, विवादका क्रममा कुटपिटबाट घाइते भएका स्थानीयको उपचार खर्च पीडक पक्षले व्यहोर्ने र पूर्ण क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिएको छ । लाम्पाटा र च्याचौर क्षेत्रका विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सुरक्षाको प्रत्याभूति दिलाउने सहमति पनि भएको छ ।

निर्माणाधीन प्रहरी चौकी भवनका नष्ट भएका सामग्रीको क्षतिपूर्ति असुल गरेर निर्माण कार्य तत्काल अघि बढाउने विषयमा समेत त्रिपक्षीय सहमति भएको जनाइएको छ । सहमतिमा उल्लेख गरिएका विषयको कानुनी प्रक्रिया अघि बढाउँदै २४ घण्टाभित्र यातायात सञ्चालन गर्ने र निर्धारित समयभित्र प्रक्रिया अघि नबढे पुनः अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।

लाम्पाटामा भएको झडपमा छ जना घाइते भएका थिए । त्यसपछि हुम्ला जाने सम्पूर्ण सवारीसाधन सञ्चालन रोकिएको थियो । झडपमा हिमाली गाउँपालिका–३ का पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुँवर र नरबहादुर गुरुङ, प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी तथा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएका थिए । घाइतेमध्ये चार जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानअन्तर्गत मेयर गोपाल हमालसहितको टोली रानीसैन जाने क्रममा अघिल्लो दिनदेखि नै विवाद उत्पन्न भएपछि उक्त टोलीलाई पनि गन्तव्यतर्फ जान रोक लगाइएको थियो ।

लामो समयदेखि बाजुराको हिमाली गाउँपालिका–३ अन्तर्गत पर्ने लाम्पाटा र च्याचौर क्षेत्रलाई हुम्लावासीले आफ्नो जिल्लाभित्र पर्ने दाबी गर्दै आएका छन् । यही विषयलाई लिएर पटक–पटक विवाद हुँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit