Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

काभ्रेको महाभारत गाउँपालिका फेरि बन्यो शून्य बेरुजु पालिका

काभ्रेको महाभारत गाउँपालिका फेरि बन्यो शून्य बेरुजु पालिका
विज्ञापन
Advertisement

धुलिखेल (काभ्रेपलाञ्चोक)। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका लगातार तेस्रोपटक शून्य बेरुजु कायम गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाको एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँ बराबरको लेखापरीक्षण हुँदा बेरुजु शून्य देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि पनि लगातार दुई आर्थिक वर्ष शून्य बेरुजु कायम राखेको गाउँपालिकाले यस वर्ष पनि उक्त उपलब्धिलाई निरन्तरता दिएको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सङ्घीय, प्रदेश र स्थानीय तहका कानुन तथा गाउँसभाबाट पारित बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दा शून्य बेरुजु कायम गर्न सफल भएको बताए । उनले सञ्चालन खर्च घटाएर पुँजीगत खर्च बढाउने, अनावश्यक चन्दा तथा सहयोग वितरण नगर्ने र वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्ने नीतिले सकारात्मक परिणाम दिएको उल्लेख गरे ।

अध्यक्ष जिम्बाका अनुसार जनप्रतिनिधि र कर्मचारीले सामूहिक प्रतिबद्धतासहित नियम र कानुनको दायराभित्र रहेर काम गरेका कारण गाउँपालिका निरन्तर शून्य बेरुजु कायम गर्न सफल भएको हो । उनले यस उपलब्धिले देशभरका स्थानीय तहलाई सकारात्मक सन्देश दिएको बताए ।

सार्वजनिक प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये नगरपालिकातर्फ मण्डनदेउपुर नगरपालिका सबैभन्दा कम ०.०५ प्रतिशत बेरुजुसहित अगाडि रहेको छ । गाउँपालिकातर्फ चौँरीदेउराली गाउँपालिकाको बेरुजु ०.१८ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार पनौती नगरपालिकाको बेरुजु ३.०४ प्रतिशत, नमोबुद्धको १.३८, धुलिखेलको ०.६८, बनेपाको ०.७१, पाँचखालको ०.१, बेथानचोकको ०.५५, तेमालको ०.५, खानीखोलाको ०.५८, रोशीको ०.६२ र भुम्लु गाउँपालिकाको ०.६८ प्रतिशत रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit