images images images images
images images images images
images
images
images

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सोच सरकारको छैन : डा. तिमिल्सिना

images

काठमाडौं ।  विक्रम तिमिल्सिना ले प्रेसलाई नियन्त्रण गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकार पूर्ण रूपमा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका हुन् ।

images
images

उनले संविधानले प्रेस स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै कसैले पनि उक्त अधिकार कुण्ठित गर्न नसक्ने बताए । “प्रेस स्वतन्त्रता स्वच्छन्दता भने होइन,” उनले भने, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्नुपर्छ ।”

मन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई गरिमा र सीमाभित्र रहेर ढुक्क भएर काम गर्न आग्रह गरे । प्रेसले आफ्नो मर्यादा कायम गरे सरकारले हस्तक्षेप गर्न नसक्ने उनको भनाइ थियो ।

उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई थप सक्षम बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए ।

साथै, सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकतासम्बन्धी विषयमा सांसदहरूले दिएका सुझाव र उठाएका प्रश्नलाई गम्भीरतापूर्वक मनन गरिने विश्वाससमेत उनले व्यक्त गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्

Corporate Samachar
images images
SKIP THIS