Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षण

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेसका २५ केन्द्रीय सदस्यद्वारा ध्यानाकर्षण
विज्ञापन
Advertisement

पाटन (लितपुर) । आगामी मङ्सिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाई लागू गर्न नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले पार्टी कार्यालय सानेपामा ध्यानाकर्षणपत्र दर्ता गराएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणासहितका २५ केन्द्रीय सदस्यले आज पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेर १५औँ महाधिवेशन सम्पन्न गर्न समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नुपर्ने बताए । साथै २०८२ फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ मङ्सिरभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रुपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्न ध्यानाकर्षणपत्र दर्ता गराएका हुन् ।

ध्यानाकर्षणपत्र दर्तापश्चात् प्रतिक्रिया दिँँदै केन्द्रीय सदस्य राणाले पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्दै जनविश्वास जित्नेगरी अगाडि बढ्न मध्यमार्गी बाटोका लागि ध्यानाकर्षणपत्र दर्ता गराएको बताए । ‘हामीले मध्यमार्गी बाटो अपनाएर अहिलेको समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हौँ, यो दबाब हैन, धारणा हो, हामीले पार्टीलाई एकबद्ध गराउन मध्यमार्गी बाटो खोजेका हौँ, मध्यमार्गी बाटो लिनुपर्छ र अधिकांश साथीहरूले जटिल अवस्था निम्त्याउनु हुँदैन भनेर धारणा राख्नुभएको छ, विशेष महाधिवेशन गर्दा जञ्जालमा फस्छौँ, मङ्सिर २९ अगावै १५औँ महाधिवेशनको सुरुआत गर्नुपर्ने धारणा राखेका छौँ,’ उनले भने।

केन्द्रीय सदस्य राणाले कांग्रेस केन्द्रीय समितिको मात्रै नभइ धेरै क्रियाशील सदस्य, पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताको समेत लगानी, मेहनत र अथक प्रयासले पार्टी जीवन्त रहेको धारणा राखे । ‘अहिले पार्टीमा विशेष महाधिवेशन र नियमित महाधिवेशन गरेर दुई धार आएका छन्, यी दुई धारबाहेक पनि हामीसँग धेरै विकल्प छन, महाधिवेशनको बाटो तय गर्नुपर्छ, चुनावअघि हामीसँग धेरै समय छैन, घोषणापत्र र पार्टीको अवधारणा तय पनि गर्नुपर्छ, त्यसका लागि समयबद्ध रुपमा काम गर्नुपर्छ,’ राणाले भने ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर बुझाइएको ध्यानाकर्षणपत्रमा केन्द्रीय सदस्य राणासहित राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डा डिला सङ्ग्रौला छन् । साथै, नानु बाँस्तोला, धना खतिवडा, अब्दुल रज्जक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का र नारायणबहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit