images images images images
images images images images
images
images
images

सन नेपाल लाइफद्वारा एडीएमहरूका लागि एएमएल/सीएफटी प्रशिक्षण 

images

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) हरूलाई लक्षित गर्दै सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण एएमएलरसीएफटी सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीद्वारा आयोजित ‘एडीएम ३६०ं ग्रोथ समिट १.०’ अन्तर्गत उक्त प्रशिक्षण सञ्चालन गरिएको हो । कार्यक्रमको सहजीकरण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले गरेका थिए ।

images
images

प्रशिक्षणका क्रममा सहभागीहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसँग सम्बन्धित विद्यमान कानुनी व्यवस्था, नियामकीय प्रावधान, र वित्तीय अनुशासनका विविध पक्षबारे विस्तृत जानकारी दिइएको थियो। यसका साथै बीमा व्यवसायमा आइपर्न सक्ने जोखिमहरूलाई न्यूनीकरण गर्न निम्न विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रशिक्षणका क्रममा कानुनी विभाग प्रमुख भण्डारीले वित्तीय अपराध नियन्त्रण तथा संस्थागत सुशासन कायम गर्न एएमएलरसीएफटीसम्बन्धी सचेतना र अनुपालन अत्यन्त आवश्यक रहेको बताए । उनले बीमा व्यवसायमा विश्वसनीयता र पारदर्शिता कायम राख्न सम्पूर्ण अभिकर्ता तथा व्यवस्थापकीय तह जिम्मेवार बन्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरूले यस्तो प्रशिक्षणले नियामकीय विषयप्रति आफ्नो बुझाइ थप स्पष्ट हुनुका साथै व्यवसाय सञ्चालनमा जिम्मेवारीबोध बढाएको प्रतिक्रिया दिएका थिए ।

सन नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि कर्मचारी तथा एजेन्सी संरचनालाई नियामकीय व्यवस्था,सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी ज्ञान र सचेतनामा थप सशक्त बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्

Corporate Samachar
images images
SKIP THIS