काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कालिकोट जिल्लाका ५७ विपद् प्रभावित परिवारलाई सिरक तथा डसना वितरण गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कम्पनीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका विभिन्न वडाका अविरल वर्षाबाट प्रभावित ५७ परिवारलाई राहतस्वरूप स्ट्याण्डर्ड डबल सिरक तथा डसना उपलब्ध गराएको जनाएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई अत्यावश्यक न्यानो सामग्री उपलब्ध गराई उनीहरूको दैनिक जीवनयापनमा केही राहत पुर्याउने उद्देश्यले राहत वितरण गरिएको कम्पनीले जनाएको छ। राहत सामग्री दुर्गम क्षेत्रका विपन्न तथा विपद् प्रभावित परिवारसम्म स्थानीय निकाय तथा सम्बन्धित संस्थाको समन्वयमा पुर्याइएको पनि कम्पनीले उल्लेख गरेको छ।
राहत वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो। उनले कार्यक्रमको समन्वय तथा व्यवस्थापन गर्दै प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।
कम्पनीले आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्