Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा ६८ पिन्ट रगत संकलन

लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा ६८ पिन्ट रगत संकलन
विज्ञापन
Advertisement

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई (एमडी ३२५) नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं समर्पणले नयाँ अध्यक्ष लायन दीपक कुमार अग्रवालको नेतृत्वमा लायन्स वर्ष २०२६–२७ को शुभारम्भ सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

क्लबले यस वर्षको मूल नारा ‘केयरिङ बाइ सेयरिङ’ लाई आत्मसात गर्दै नक्सालस्थित ब्लु स्क्वायर मा तमाहा र एमएडब्ल्यू फाउन्डेसन को सहकार्यमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा रक्तदान कार्यक्रमबाट ६८ पिन्ट रगत संकलन भएको क्लबले जनाएको छ।

यसअघि बिहान क्लबले विद्यार्थीहरूको सहभागितामा ट्राफिक स्वयंसेवा कार्यक्रम पनि सञ्चालन गरेको थियो। यामाहा र एमएडब्ल्यू फाउन्डेसनको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममार्फत ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुका साथै सडक सुरक्षा र नागरिक उत्तरदायित्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष लायन दीपक कुमार अग्रवालले नयाँ लायन्स वर्ष सेवाभाव, समर्पण र सामाजिक उत्तरदायित्वका साथ प्रारम्भ भएको बताए। उनले ‘केयरिङ बाइ सेयरिङ’ केवल नारा नभई सेवाप्रतिको प्रतिबद्धता भएको उल्लेख गर्दै समाजलाई केही फर्काउने सानो प्रयासले पनि धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा राखे । रक्तदान र ट्राफिक स्वयंसेवा कार्यक्रम त्यसैको उदाहरण भएको उनको भनाइ थियो।

कार्यक्रममा क्लबका सदस्यहरूको सक्रिय सहभागिताले समाजप्रति लायन्सको सेवाभाव, नेतृत्व क्षमता र सामूहिक उत्तरदायित्वलाई थप मजबुत बनाएको क्लबले जनाएको छ। क्लबले रक्तदाता, स्वयंसेवक, विद्यार्थी, स्वास्थ्यकर्मी, यामाहा, एमएडब्ल्यू फाउन्डेसन तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संस्था र व्यक्तिप्रति आभार व्यक्त गरेको छ।

क्लबले नयाँ लायन्स वर्षसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा मानवीय सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको जारी विज्ञप्तिमा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit