images images images images
images images images images
images
images
images

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन ‘वाई ११ डि’ र ‘वाई २१ फाईव जी’ सार्वजनिक, मूल्य कति ?

images

काठमाडौं । भिभोले नेपालमा आफ्नो वाई सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोन ‘वाई ११ डि’ र ‘वाई २१ फाईव जी’ सार्वजनिक गरेको छ ।

यी दुई नयाँ स्मार्टफोनले उत्कृष्ट ब्याट्री क्षमता, स्मूथ प्रदर्शन, र आकर्षक डिजाइनको संयोजन प्रस्तुत गर्दै आ–आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको भनाइ छ । यी दुई ओटै स्मार्टफोनमा ६५०० एमएएच् ब्लूभोल्ट ब्याट्री क्षमता रहेको छ।

images
images

जसले प्रयोगकर्तालाई लामो समयसम्म भरपर्दो रुपमा ब्याट्री टिकाउ अनुभव प्रदान गर्छ । उच्च क्षमताको ब्याट्रीलाई थप प्रभावकारी बनाउन भिभोको ४४ वाट फ्ल्यासचार्ज प्रविधि प्रयोग गरिएको छ, जसमा २९ तहको सुरक्षा प्रणाली समावेश छ । यसले छिटो, सुरक्षित तथा प्रभावकारी चार्जिङ सुनिश्चित गर्दै प्रयोगकर्तालाई दिनभर सहज रूपमा कनेक्टेड राख्न मद्दत गर्छ।

दुवै स्मार्टफोनको प्रमुख विशेषतामध्ये मजबुत टिकाउपन साझा हो । आई पी ६५ धुलो तथा पानी प्रतिरोध क्षमताले धुलो र पानीबाट सुरक्षा प्रदान गर्छ भने प्रोफेशनल एन्टी–ड्रप डिजाइनले दैनिक प्रयोगका क्रममा हुने सामान्य झट्का तथा खस्ने जोखिमबाट डिभाइसलाई सुरक्षित राख्छ । यी विशेषतासँगै स्मार्टफोनमा आकर्षक तथा प्रिमियम डिजाइन पनि दिइएको छ, जसमा विशिष्ट सनराइज गोल्ड कलर विकल्प र डायनामिक लाइट एक्सेन्टसहितको प्रिमियम मेटल क्यामेरा मोड्युल समावेश गरिएको कम्पनीले जनाएको छ ।

प्रयोग अनुभवलाई अझ सहज र इमर्सिभ बनाउन दुवै स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट र १२०० निट्सको पीक ब्राइटनेस सहितको डिस्प्ले राखिएको छ, जसले घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । मनोरञ्जन तथा उत्पादकत्वलाई थप सशक्त बनाउन २०० % भोल्युम बुस्ट र अधिकतम ६ जीबी + ६ जीबी एक्सटेन्डेड र्यामसम्मको सुविधा समावेश गरिएको छ, जसले मल्टिटास्किङ तथा मिडिया अनुभवलाई अझ स्मुथ र सहज बनाउँछ ।

फोटोग्राफीका लागि ५० मेगापिक्सेल अल्ट्रा क्लियर मुख्य क्यामेरा समावेश गरिएको छ, जसले फोटोहरुमा स्पष्टता र उत्कृष्ट डिटेल कैद गर्दछ । भिभो वाई२१ फाईव जी ६ जीबी + १२८ जीबी भेरियन्टको मूल्य ३२,९९९ तोकिएको छ । त्यसैगरी भिभो वाई ११ डि दुई भेरियन्टमा ४ जीबी + १२८ जीबी को २१,४९९ र ६जीबी + १२८जीबीको मूलय २६,९९९ रुपैयाँ तोकिएको छ।

यी दुवै स्मार्टफोनहरू नेपालभरका भिभो रिटेल स्टोरहरू र अनलाइन प्लेटफर्म दराज मार्फत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्

Corporate Samachar
images images
SKIP THIS