Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

कामना सेवा विकास बैंकद्वारा गंगालाल अस्पतालका बिरामी र कुरुवालाई भोजन वितरण

कामना सेवा विकास बैंकद्वारा गंगालाल अस्पतालका बिरामी र कुरुवालाई भोजन वितरण
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले देशका विभिन्न स्थानबाट उपचारका लागि आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी भोजन खुवाएको हो ।

अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्था भोगिरहेका बिरामी र तिनका कुरुवाहरूलाई सहयोग पुऱ्याउने र उनीहरूको स्वास्थ्यका लागि आवश्यक पौष्टिक भोजन उपलब्ध गराउने उद्देश्यले यो अभियान चलाइएको बैंकले जनाएको छ।

यो कार्यक्रम ‘आरती भोजन परिवार’ सँगको सहकार्यमा सम्पन्न भएको हो। भोजन वितरण कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सी.एस.आर. प्रमुख सुशिल पौडेल र आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति रहेको थियो।

आरती भोजन परिवारले २०८१ साल मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशुल्क भोजन सेवा प्रदान गर्दै आइरहेको छ। हाल यस सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्तिहरू लाभान्वित भइरहेका छन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit