Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखरलाई नेपाल ल्याउन यती एअरलाइन्सको जहाज मंगलुरु विमानस्थलमा

जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखरलाई नेपाल ल्याउन यती एअरलाइन्सको जहाज मंगलुरु विमानस्थलमा
विज्ञापन
Advertisement

काठमाडौं । भारतीय जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउने भएका छन्। उनी यही जेठ ९ गते यती एअरलाइन्सको चार्टर फ्लाइटमार्फत् नेपाल आउन लागेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

शंकराचार्यलाई नेपाल ल्याउनका लागि निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले विशेष चार्टर उडानको व्यवस्था गरेको छ। एअरलाइन्सका अनुसार उनलाई लिनका लागि एअरलाइन्सको जहाज आजै (जेठ ७ गते) भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ।

काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म विशेष धार्मिक विजय यात्रा तथा आध्यात्मिक महोत्सव सञ्चालन हुन लागेको छ। हप्तादिनसम्म चल्ने यस ऐतिहासिक कार्यक्रममा विभिन्न किसिमका धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक गतिविधिहरू आयोजना गरिनेछन्, जसमा देशभित्र तथा बाहिरका हजारौँ भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

यस धार्मिक यात्राले नेपाल र भारतबीचको सदियौँ पुरानो सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit