काठमडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ सामान्य घट्दा चाँदी बढेको छ।
बिहीबार तोलामा १८ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला एक सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रूपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार त्यति नै परिमाणको सुन दुई लाख ९३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य भने केही बढेको छ। बिहीबार प्रतितोला पाँच हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर तोलामा पाँच हजार एक सय १५ रूपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्