Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

मुक्तिनाथ विकास बैंकको छात्रवृत्तिबाट ४२ विद्यार्थी लाभान्वित

मुक्तिनाथ विकास बैंकको छात्रवृत्तिबाट ४२ विद्यार्थी लाभान्वित
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले यस आर्थिक वर्ष देशभरका ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले कक्षा ११ मा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई यो सहयोग उपलब्ध गराएको हो।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियानमार्फत आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् र विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्न सकून् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको थियो । छात्रवृत्ति विशेष गरी अवसरबाट वञ्चित समुदाय र न्यून आर्थिक अवस्था भएका परिवारका विद्यार्थीहरूलाई लक्षित गरी वितरण गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।

‘शिक्षा समृद्ध समाज निर्माणको मुख्य आधार हो। आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थी तथा अभिभावकहरूले खुसी व्यक्त गरेका छन्। सहयोग पाएका विद्यार्थीले आर्थिक अभावका कारण पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता बैंकका कारण कम भएको जनाएका छन् ।

बैंकका प्रमुख सूचना अधिकारी गुरुङ्गका अनुसार आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता सरोकारका कार्यक्रमहरूलाई बैंकले निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit