Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण र कानुनी व्यवस्थाबारे प्रशिक्षण

नेपाल लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण र कानुनी व्यवस्थाबारे प्रशिक्षण
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्पत्ति शुद्धीकरण ,आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा जानकारी दिन आयोजित उक्त प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपाल मुख्य प्रशिक्षक रहेका थिए ।

कार्यक्रममा डा .नेपालले एमएल/सीएफटी सम्बन्धी कानुनी व्यवस्था, नियामक निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान र अन्तर्राष्ट्रिय रूपमा भइरहेका गतिविधिका विषयमा विस्तृत जानकारी दिए ।

साथै, उनले बीमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू र सोको व्यवहारिक कार्यान्वयनका सम्बन्धमा समेत प्रस्तुती दिएको कम्पनीले जनाएको छ। प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा एमएल/सीएफटी अनुपालनलाई कम्पनीको दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण पक्षका रूपमा औंल्याए । प्रभावकारी अनुपालनले मात्र कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने धारणा उनको भनाइ छ। यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्बन्धी प्रचलित कानुनहरूको व्यवहारिक कार्यान्वयनको महत्वमा जोड दिए ।

नियामकीय आवश्यकताहरूलाई केवल नीतिगत स्तरमा मात्र सीमित नराखी दैनिक कार्यप्रणालीमा समेत प्रभावकारी रूपमा लागू भइरहेको जानकारी दिँदै उनले यस प्रशिक्षणबाट कर्मचारीलाई व्यवहारिक ज्ञान प्राप्त हुने धारणा राखे ।

वित्तीय अपराधहरू न्यूनीकरण, संस्थागत सुशासन र वित्तीय पारदर्शिता सुदृढ बनाउन उक्त प्रशिक्षणले ठूलो सहयोग पुगेको कम्पनीले जनाएको छ। नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिने र वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा अनुपालनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit