Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

किष्ट प्रत्यारोपण केन्द्रद्वारा २०० बढी अंगदाता सम्मानित

किष्ट प्रत्यारोपण केन्द्रद्वारा २०० बढी अंगदाता सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं। किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रले मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्‍याउने २०० भन्दा बढी अंगदाताहरूलाई विशेष सम्मान गरेको छ।केन्द्रले आज ‘अंगदाता सम्मान कार्यक्रम’ आयोजना गरि २०० भन्दा बढी अंगदाताप्रति सम्मान र कृतज्ञता व्यक्त गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

ललितपुर महानगरपालिकाका नगर प्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा उपत्यकाका विभिन्न नगर प्रमुख, नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ तथा बिरामीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

केन्द्रका अनुसार हालसम्म २०२ जनामा मिर्गौला प्रत्यारोपण तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ। अस्पतालले यसलाई बिरामीहरूलाई ‘दोस्रो जीवन’ प्रदान गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।

अस्पतालले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एकैसाथ गरिने मिर्गौला र कलेजो प्रत्यारोपण, दुई परिवारबीच आपसी सहमतिमा गरिने अंग प्रत्यारोपण तथा ल्यापारोस्कोपिक प्रविधिबाट प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सञ्चालन गर्दै आएको जनाएको छ। नेपालमै पहिलो पटक ‘डुअल ट्रान्सप्लान्ट’ शल्यक्रिया किष्ट शिक्षण अस्पतालले सफलतापूर्वक सम्पन्न गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रकाशित ‘नेसनल जोइन्ट एनुअल रिभ्यु रिपोर्ट २०७९/८०’ मा समेत उक्त उपलब्धि उल्लेख गरिएको अस्पतालको भनाइ छ। अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीहरूमध्ये सबैभन्दा बढी उमेरका ८० वर्षीय तथा सबैभन्दा कम उमेरका १९ वर्षीय बिरामी रहेका छन्। अस्पतालले क्यान्सर पहिचान भएकी ८० वर्षीया महिलाले चिकित्सकीय रूपमा अंगदान योग्य भएपछि दिएको अंगबाट आफन्तको जीवन बचाउन सफल भएको उदाहरणसमेत प्रस्तुत गरेको छ।

किष्ट शिक्षण अस्पतालले निजी क्षेत्रका अस्पतालहरूमध्ये आफूलाई सबैभन्दा धेरै अंग प्रत्यारोपण गर्ने अस्पतालको रूपमा स्थापित गरेको छ। विगत पाँच वर्षदेखि ग्वार्कोस्थित यस अस्पतालले उच्च सफलता दरसहित सेवा प्रदान गर्दै आएको छ। अस्पतालको सेवा र गुणस्तर एनएबीएच बाट प्रमाणित समेत भइसकेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit