Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिटिजन्स बैंक र ‘र्यापिड’बीच सम्झौता, सबै बैंकिङ सेवा एउटै प्लेटफर्मबाट पाइने

सिटिजन्स बैंक र ‘र्यापिड’बीच सम्झौता, सबै बैंकिङ सेवा एउटै प्लेटफर्मबाट पाइने
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ बीच सहकार्य भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा र्यापिड एकीकृत गरिएको छ, जसले कर्पोरेट ग्राहकहरूलाई खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न र तलब वितरण गर्न छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झट हट्नेछ। उनीहरूले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत यी सेवाहरू चलाउन सक्ने बैंकले जनाएको छ।

यो सेवा सुरु गर्न बैंकमा एक पटक मात्र फाराम भर्नुपर्नेछ । र्यापिडमा एण्ड–टु–एण्ड इन्क्रिप्सन र मल्टिलेयर भेरिफिकेशन जस्ता अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएकाले डिजिटल कारोबार सुरक्षित र पारदर्शी हुने जनाइएको छ।

सिटिजन्स बैंकले यसअघि नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड, जेन–जी सेभिङ अकाउन्ट, फ्रिलान्सर अकाउन्ट, र मोबाइल बैंकिङबाटै शेयर आवेदन दिने जस्ता डिजिटल सुविधाहरू ल्याइसकेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit