काठमाडौं । एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.ले प्रसिद्ध हेभी इक्विप्पमेन्ट ब्राण्ड भल्भोको EC220 एक्स्काभेटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।
ललितपुर ३ कृष्ण गल्लीस्थित पन्चकन्या ग्रुपको प्रधान कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा ग्रुपकै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लिले भल्भो ब्रान्डको EC220 एक्स्काभेटर सार्वजनिक गरेको हो ।
विगत लामो समयदेखी भल्भोको विभिन्न निर्माण सामग्री बिक्री वितरण गदै आईरहेको कम्पनीले सार्वजनिक गरेको उक्त शक्तिशाली इन्जिन क्षमताको भल्भो EC220 एक्स्काभेटरले जटिल निर्माण कार्यक्षेत्रहरु खानी, हाइड्रोपावर क्षेत्र, सडक तथा अन्य पूर्वाधार निर्माणमा सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ।
उक्त एक्स्काभेटरमा जडित उच्च प्रविधिका कारण इन्जिनले इन्धनको बचत गर्ने र वातावरण मैत्री समेत हुने दाबी कम्पनीको छ ।
निर्माण क्षेत्रमा प्रयोग गरिने इन्जिनहरुको युरोपेली मापद्दण्ड अनुसार एक्स्काभेटरले उच्च प्रदर्शन दिने गरी युरो स्टेज त्रिपल आईए (EURO Stage IIIA) मापदण्ड पूरा गरेको कम्पनीले जनाएको छ।
यस्तै, यस मोडलको एक्स्काभेटरले मुख्य गरी बजारमा पाईने अन्य सोही प्रकृतिको मेसिनहरुमा भन्दा १० प्रतिशत बढी उत्खनन क्षमता छ । यस्तै, उच्च कार्य क्षमता बढाई सन्चालन खर्च घटाउने, मर्मत खर्च समेत कम लाग्ने तथा लामो समयसम्म भरपर्दो र टिकाउ सेवा दिने हुनाले एक्स्काभेटर विस्वासिलो रहेको कम्पनीको भनाइ छ ।
भल्भोका अधिकृत वितरक तथा बिक्रेता मार्फत EC220 मेसिनको खरिद, सेवा तथा स्पेयर पाट्र्स बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्