Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

लामो बिदामा रहेका कर्मचारीलाई सरकारको अल्टिमेटम

लामो बिदामा रहेका कर्मचारीलाई सरकारको अल्टिमेटम
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले लामो बिदामा रहेका तथा सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन आग्रह गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर राष्ट्रिय किताबखाना निजामती मा अभिलेख अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्र आफ्नो विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।

मन्त्रालयले तोकिएको समयभित्र हाजिर नभए कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ। मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरूलाई आफ्ना निकायमा बिदामा रहेका कर्मचारीहरूको विवरण, बिदा अवधि सकिएपछि हाजिर भए नभएको अवस्था तथा अन्य अभिलेख राष्ट्रिय किताबखानासँग समन्वय गरी यकिन गर्न समेत अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit