Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

माओवादी–समाजवादी एकतापछि ‘नेपाली कम्युनिस्ट पार्टी’ नामाकरण गर्न माओवादीद्वारा अनुमोदन

माओवादी–समाजवादी एकतापछि ‘नेपाली कम्युनिस्ट पार्टी’ नामाकरण गर्न माओवादीद्वारा अनुमोदन
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार, एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने तय भएको छ । यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट आज पारित भएको हो । तर, माओवादी केन्द्रबाट पारित भएको यो नाम अन्तिम होइन । सो नामबारे माओवादी अन्य एकतामा आबद्ध रहेका पार्टीहरूसँग छलफल भएर अगाडि बढ्नेछ ।

उनका अनुसार पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुनेछ ।

माओवादीसहित विभिन्न नौ समाजवादी दलहरुले बुधबार काठमाडौंमा पार्टी एकता राष्ट्रिय सम्मेलन आयोजना गर्दैछन् । उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन लगायतका कामले पूर्णता पाउने विस्वास गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit