Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

सुरु भयो यामाहा ब्लू फेस्ट, ४० महिनासम्मको ईएमआईदेखि १० लाखसम्म क्यासब्याक अफर

सुरु भयो यामाहा ब्लू फेस्ट, ४० महिनासम्मको ईएमआईदेखि १० लाखसम्म क्यासब्याक अफर
विज्ञापन
Advertisement

काठमाडौं । यामाहाको ‘ब्लू फेस्ट–द बिगेस्ट एक्सचेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा सुरु भएको मेला ६ दिनसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटनसँगै ग्राहकका लागि एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सुरु भएका छन्। उद्घाटन कार्यक्रममा कम्पनीका अधिकारी, डिलर प्रतिनिधि तथा यामाहाप्रेमीहरूको सहभागिता रहेको थियो।

मेलामा यामाहाका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर प्रदर्शनीमा राखिएका छन्। ग्राहकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न सक्नेछन्। एक्सचेन्ज मूल्यांकनका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटर परिचालन गरिएको कम्पनीले जनाएको छ। मेलामा ‘चंगा चेट’ अभियानअन्तर्गत नयाँ यामाहामा अपग्रेड गर्न प्रोत्साहन गरिएको छ भने योग्य एक्सचेन्जमा १० लाख रुपैयाँसम्मको क्यासब्याक उपलब्ध गराइएको छ। त्यस्तै, नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा तथा ४० महिनासम्मको कम ईएमआई योजनासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ब्लू फेस्टमार्फत सवारीसाधनको मूल्यांकनदेखि फाइनान्सिङ र नयाँ यामाहा खरिदसम्मको प्रक्रियालाई सहज र लाभदायक बनाउने उद्देश्य रहेको बताए। मेलामा टेस्ट राइड, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँगको भेटघाट, लाइभ इन्टरटेनमेन्ट, विभिन्न डुअर प्राइज र निःशुल्क एसेसरिजलगायतका गतिविधि पनि आयोजना हुनेछन्। आगन्तुकले मेलास्थलमै यामाहाका सवारीसाधनबारे जानकारी लिन तथा खरिदसम्बन्धी सुविधा प्राप्त गर्न सक्नेछन्।

‘यामाहा ब्लू फेस्ट’ असोज १० गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit