Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

ठूलो वर्षाको सम्भावनालाई लिएर सरकारको निगरानी बढ्यो, अब दिनमा तीन पटक सूचना

ठूलो वर्षाको सम्भावनालाई लिएर सरकारको निगरानी बढ्यो, अब दिनमा तीन पटक सूचना
विज्ञापन
Advertisement

काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गएको न्यूनचापीय प्रणालीको प्रभाव आगामी बिहीबारदेखि नेपालमा देखिन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारी तथा सूचना प्रवाहलाई तीव्र बनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले न्यूनचापीय प्रणालीको निरन्तर अनुगमन भइरहेको र यसको अवस्थाअनुसार भोलिदेखि प्रत्येक दिन तीन पटकसम्म सूचना तथा जानकारी सार्वजनिक गरिने बताएका छन् ।

उनका अनुसार अहिले नै उक्त प्रणालीले कस्तो रूप लिन्छ, यसको गति कस्तो हुन्छ र नेपालमा यसको प्रभाव कति पर्छ भन्ने यकिन भइसकेको छैन। भारत मौसम विज्ञान विभागबाट प्राप्त हुने नियमित ट्र्याकिङ र मौसमसम्बन्धी सूचनालाई समेत आधार बनाएर नेपालमा सम्भावित जोखिमको आकलन भइरहेको उनले बताए ।‘विभिन्न मोडलहरू हेर्दा बंगालको खाडीमा एक खालको न्यूनचापीय अवस्था सिर्जना भएको र त्यो उत्तर–पश्चिमतर्फ सर्ने अहिलेसम्म देखिएको छ । तर त्यसले कस्तो रूप लिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ’ उप्रेतीले भने ।

उनले उक्त प्रणाली चक्रवात वा समुद्री आँधीको रूपमा विकसित भए त्यसको मार्ग, गति र ल्यान्डफलको समयबारे अहिले नै यकिन गर्न नसकिने बताए ।‘उनले भने, साइक्लोनको रूप लिइसकेपछि कतातर्फ सर्छ, कुन गतिमा जान्छ, ल्यान्डफाल कहिले हुन्छ र त्यसपछि कता जान्छ भन्ने कुरा अहिले नै यकिन भइसकेको अवस्था छैन । त्यसैले हामी नियमित ट्र्याकिङ गरिरहेका छौँ ।’

भारत मौसम विज्ञान विभागले जारी गर्ने सूचनालाई समेत प्राधिकरणले नियमित रूपमा अध्ययन गरिरहेको उनले बताए । जल तथा मौसम विज्ञान विभागका विज्ञहरूसँग कमान्ड पोस्टमा छलफल गरी सम्भावित जोखिमको अवस्थाबारे अनुगमन भइरहेको उनको भनाइ छ । ‘हिजो पनि कमान्ड पोस्टमा जल तथा मौसम विज्ञान विभागका सम्बन्धित विज्ञहरूसँग छलफल भयो । नियमित ट्र्याकिङ गर्दै हिजो पनि एउटा विज्ञप्ति निकाल्यौँ, आज पनि अर्को विज्ञप्ति निकाल्छौँ । भोलिदेखि प्रणाली थप विकसित भयो भने प्रत्येक दिन तीन पटक सूचना प्रवाह गर्छौँ ।’

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह तथा वडा तहसम्म आवश्यक सूचना तथा समन्वय गरिसकिएको प्राधिकरणले जनाएको छ ।उप्रेतीका अनुसार विपद् व्यवस्थापनका लागि संघदेखि प्रदेश, जिल्ला, स्थानीय तह र वडा तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको छ। प्रदेशमा मुख्यमन्त्री, जिल्लामा प्रमुख जिल्ला अधिकारी, स्थानीय तहमा गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष र वडामा वडा अध्यक्षको नेतृत्वमा विपद् व्यवस्थापन संयन्त्र रहने कानुनी व्यवस्था रहेको उनले बताए। उनले सम्भावित वर्षा तथा विपद्को अवस्थालाई ध्यानमा राखी सबै तह र सुरक्षा निकायसँग समन्वय गरी आवश्यक तयारी अघि बढाइएको जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit