Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

समाजमा योगदान पुर्याएका महिलाहरुलाई प्रभु क्यापिटलको सम्मान

समाजमा योगदान पुर्याएका महिलाहरुलाई प्रभु क्यापिटलको सम्मान
विज्ञापन
Advertisement

काठमाडौं ।  प्रभु क्यापिटलले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरुको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्मानित हुनेहरुमा पूर्व मिस नेपाल, कर्पोरेट प्रशिक्षक तथा प्रोफेसनल एमसी सुगारिका केसी, सञ्चार उद्यमी सरिता श्री ज्ञवाली, अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक मानसी अग्रवाल, पहिलो नेपाली ओलम्पिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन रहेकी छन् । यस्तै, फोर्ब्सको २०२४ प्रभावशाली युवामा सूचीकृत ह्याप्पी माइन्ड्स संस्थापक श्रेया गिरी, आमाको अचार नामबाट उद्यमी बनेकी संगीता पाण्डे, टेक बिजनेस क्षेत्रकी सोनिका मानन्धर र नेपाल महिला उद्यमी संघ ललितपुरकी निवर्तमान अध्यक्ष रम्भा श्रेष्ठ रहेका छन्।

उनिहरुले आ–आफ्नो क्षेत्रमा कठिन परिश्रममार्फत उन्नति,नवप्रवर्तन र नेतृत्व गर्दै नेपाली समाजसँगै अन्तर्राष्ट्रिय स्तरमा समेत प्रेरणा दिन सफल भएकाले सम्मान गरिएको प्रभुक्यापिटलले जनाएको छ। उनिहरुलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

यस वर्षको नारी दिवमा तय गरिएको ‘सबै महिला र चेलीबेटीहरूको लागि अधिकार, समानता, र सशक्तिकरण’ भन्ने नारामा ऐक्यबद्धता जनाउँदै प्रभु क्यापिटलका प्रबन्ध निर्देशक आशीष गौचन र सञ्चालन विभाग प्रमुख वसन्ता उपाध्यायले उनिहरुलाई सम्मान गरेका हुन्। प्रभु क्यापिटल मर्चेन्ट सम्बन्धी सेवा प्रदान गर्ने संस्था हो जसले आफ्ना सेवा तथा प्रोडक्टसँगै गाँसेर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आईरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit