Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेता

सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेता
विज्ञापन
Advertisement

काठमाडौं । सोफिया तामाङले टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि जितेकी छन्। काठमाडौंस्थित नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा उनले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएकी हुन्।

विज्ञापन
Advertisement
Advertisement

प्रतियोगिताको अन्तिम चरणमा पुगेका ६ जना प्रतिस्पर्धीबीच विभिन्न सूचना प्रविधि (आईटी) सम्बन्धी चुनौतीपूर्ण कार्यहरूमा आधारित प्रतिस्पर्धा भएको थियो। ती प्रतिस्पर्धामध्ये उत्कृष्ट प्रदर्शनका आधारमा सोफिया तामाङ विजेता घोषित भएकी हुन्।

प्रतियोगितामा प्रार्थना मिश्रा प्रथम उपविजेता तथा बिबेक अधिकारी द्वितीय उपविजेता घोषित भए। विजेता सोफिया तामाङले नगद १ लाख रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन्।

त्यस्तै, प्रथम उपविजेता प्रार्थना मिश्राले नगद ५० हजार रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि रायन ओ कोनेलले नेपाली युवाहरूमा बढ्दो सूचना प्रविधि प्रतिभा र अन्तर्राष्ट्रिय स्तरको सीप विकासको आवश्यकताबारे धारणा राखेका थिए। उनले विश्वव्यापी प्रतिस्पर्धामा सफल हुन प्राविधिक दक्षता र व्यावसायिक सीपको महत्व बढ्दै गएको उल्लेख गरे।

विशेष अतिथि रञ्जन राजाले साइबर सुरक्षा तथा डिजिटल सचेतनाको महत्वबारे प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित प्रविधि प्रयोगको आवश्यकता औंल्याएका थिए।

त्यसैगरी, पत्रकार तथा सञ्चारकर्मी सरल गुरुङले डिजिटल युगमा सीप विकास, प्रभावकारी सञ्चार र व्यक्तिगत ब्रान्डिङको महत्वबारे आफ्नो धारणा व्यक्त गरेका थिए। उनले युवाहरूलाई निरन्तर सिकाइ र सीप अभिवृद्धिमा केन्द्रित हुन सुझाव दिएका थिए।

कार्यक्रम बिराज भडेलको नेतृत्वमा सम्पन्न भएको थियो। उनले नेपाली विद्यार्थी तथा युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको सीप, रोजगारीका अवसर तथा करियर मार्गदर्शन उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

ग्राण्ड फिनालेमा विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पुरस्कार, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो। कार्यक्रमले नेपाली युवाहरूलाई विश्वस्तरीय सूचना प्रविधि सीप विकास, करियर निर्माण तथा अन्तर्राष्ट्रिय रोजगारीको तयारीतर्फ प्रेरित गर्ने प्रभावकारी मञ्चका रूपमा आफ्नो छाप छोड्न सफल भएको आयोजकले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit