काठमाडौं । डिशहोमले सिद्धार्थ हस्पिटालिटीसँगको सहकार्यमा सबै सक्रिय ग्राहकलाई ‘भर्चुअल प्रिभिलेज कार्ड’ मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ।
यस साझेदारी अन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २०% तथा फुड एण्ड बेभरेजमा १०% छुट पाउनेछन्।
डिशहोमका ग्राहकहरूले हस्पिटालिटीद्वारा सञ्चालनमा रहेका मध्ये २२ विभिन्न स्थानका होटल, कटेज तथा रेस्टुरेन्टमा उल्लेखित छुटको सुविधा प्राप्त गर्न सक्नेछन् ।उक्त सेवा छुटबारेको सम्झौतापछि डिशहोमका सीईओ तारा मानन्धरले सिद्धार्थ हस्पिटालिटीसँगको यस साझेदारीमार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न लागिएको बताए ।
तर, डिशहोम भर्चुअल प्रिभिलेज कार्ड सक्रिय डिशहोम ग्राहकहरूका लागि मात्र उपलब्ध छ । ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा एपमार्फत कार्ड देखाएर छुट लिन सक्नेछन्।

















प्रतिक्रिया दिनुहोस्