काठमाडौं । विश्वव्यापी छोटो भिडियो प्लेटफर्म टिकटकले आफ्ना क्रिएटरहरूका लागि नयाँ तथा स्मार्ट सुरक्षा फिचरहरू सार्वजनिक गरेको छ, जसले प्लेटफर्मलाई अझ सुरक्षित, सहयोगी र प्रयोगकर्ता–मैत्री बनाउने उद्देश्य राखेको छ।
यी नयाँ टुलहरूले क्रिएटरहरूलाई कन्टेन्ट सिर्जना, फ्यानहरूसँग अन्तरक्रिया, र आफ्ना गतिविधिमाथि नियन्त्रण कायम गर्न सशक्त बनाउने कम्पनीले जनाएको छ।
टिकटकले हाल ‘अटो कमेन्ट फिल्टर’ नामक नयाँ फिचर ल्याएको छ, जसले क्रिएटरले पहिले रिपोर्ट गरेको वा हटाएका कमेन्टका आधारमा अपमानजनक, धम्कीपूर्ण वा अभद्र टिप्पणीहरू स्वचालित रूपमा लुकाउने गर्छ। यो स्मार्ट टेक्नोलोजीद्वारा सञ्चालन हुने भएकाले सुरक्षित र सकारात्मक कम्युनिटी निर्माणमा सहयोग पुर्याउनेछ।
त्यस्तै, लाइभ स्ट्रिम गर्ने क्रिएटरका लागि सुधारिएको च्याट म्यानेजमेन्ट फिचर उपलब्ध गराइएको छ। यसमार्फत होस्ट वा मोडरेटरले अनुचित शब्द, वाक्यांश वा इमोजी प्रयोग गर्ने प्रयोगकर्तालाई तुरुन्तै म्यूट वा ब्लक गर्न सक्छन्। यो सुविधा विश्वभरका सबै क्रिएटरका लागि उपलब्ध गरिएको छ।
क्रिएटरहरूको कन्टेन्ट व्यवस्थापन सशक्त बनाउन टिकटकले ‘प्री-पोस्ट चेक’ टुल पनि उपलब्ध गराएको छ, जसले भिडियो पोस्ट गर्नु अघि नै सम्भावित समस्या पत्ता लगाएर सुधार गर्न सहयोग गर्छ। यसले कम्युनिटी गाइडलाइनअनुसार सामग्री परिमार्जन र सिर्जनात्मक स्वतन्त्रता दुवैलाई सन्तुलनमा राख्छ।

त्यस्तै, ‘प्रो मेसेजिङ हब’ नामक नयाँ प्रणालीमार्फत फ्यानहरूसँगको संवादलाई सहज बनाइएको छ, जसमा छिटो जवाफका टेम्पलेट, अनरिड मेसेज फोल्डर र प्रोफेशनल इनबक्स जस्ता सुविधा समावेश छन्।
टिकटकका अनुसार यी सबै फिचरहरू क्रिएटरहरूलाई अनलाइन कम्युनिटी निर्माणमा अझ सुरक्षित, समर्थित र आत्मविश्वासी महसुस गराउन सहयोग गर्नेछन्। प्लेटफर्मले प्रयोगकर्ताहरूलाई यी टुलहरू अपनाउन र आफ्नो डिजिटल अनुभवलाई अझ सकारात्मक, उत्पादनशील र सुरक्षित बनाउन आह्वान गरेको छ।
टिकटकको बारेमा
टिकटक छोटो मोबाइल भिडियोको अग्रणी विश्वव्यापी प्लेटफर्म हो, जसको उद्देश्य सृजनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो। यसको मुख्यालय लस एन्जेलस र सिंगापुरमा रहेको छ, साथै न्युयोर्क, लन्डन, पेरिस, दुबई, सिओल, टोकियोलगायत शहरहरूमा यसको कार्यालयहरू सञ्चालनमा छन्।















प्रतिक्रिया दिनुहोस्