Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहका बीच सञ्चालक समितिमा स्वागत गरेका छन् । उक्त स्वागत कार्यक्रममा बैंकका अन्य सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

नवनियुक्त सञ्चालक भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि सक्रिय छिन् । उनले नेपाल सरकारको पूर्वसचिव तथा पूर्वआयुक्तको रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी छन् । आफ्नो सेवाकालीन अवधिमा उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर कार्यसम्पादन गरेकी थिइन् ।

शैक्षिक रूपमा पनि भट्टराईको पृष्ठभूमि बलियो छ । उनले त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी छन् । यसका साथै उनले अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एण्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट नन्प्रफिट म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेकी छन् ।

हाल उनी साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टको कार्यकारी सदस्य र प्रोफेसनल होल्डिङको स्वतन्त्र सञ्चालकका रूपमा समेत आबद्ध छिन्।

लामो प्रशासनिक अनुभव र नीतिगत तहमा अब्बल रहेकी भट्टराईको आगमनले बैंकलाई थप उचाइमा पुर्‍याउने बैंकको विश्वास छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit