काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार २९९ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ९९, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२९ तथा तीव्र गतिमा सवारी चलाउने १४७ जनालाई कारबाही गरिएको हो।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार लेन अनुशासन पालना नगर्ने १०८, निषेधित क्षेत्रमा हर्न बजाउने ११५, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७ तथा एकतर्फी सडकमा सवारी चलाउने ९८ जनामाथि पनि कारबाही गरिएको छ।
त्यसैगरी, विभिन्न प्रकारका अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ४२१ चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्