Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई भारतको अपोलो अस्पतालमा उपचार शुल्क छुट हुने

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई भारतको अपोलो अस्पतालमा उपचार शुल्क छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपालको पहिलो बैंक नेपाल बैंक र नयाँ दिल्लीको सरिता विहारस्थित उक्त अस्पतालबीच उपचार शुल्कमा छुट दिनेसम्बन्धी द्विपक्षीय सम्झौता भएको हो। सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरू र बैंकका कर्मचारीहरूले इन्द्रप्रस्थ अपोलो अस्पतालका विभिन्न सेवाहरूको कुल बिल रकममा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

यससम्बन्धी सम्झौता पत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र इन्द्रप्रस्थ अपोलो अस्पतालका तर्फबाट उप–प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन्। जेठ २९ गते भएको यस समझदारीले बैंकका सेवाग्राहीलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा किफायती मूल्यमा प्राप्त गर्न थप सहज हुने अपेक्षा बैंकले लिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit