Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

कोरियाली अभ्यासमा आधारित ट्राफिक सुधार सुझाव प्रतिवेदन ट्राफिक प्रहरीलाई हस्तान्तरण

कोरियाली अभ्यासमा आधारित ट्राफिक सुधार सुझाव प्रतिवेदन ट्राफिक प्रहरीलाई हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल–कोरिया नेपाल उद्यमी व्यवसायी संघले कोरियाको अनुभव र अभ्यासका आधारमा नेपालको ट्राफिक तथा यातायात व्यवस्थापन सुधार गर्न तयार पारेको सुझाव प्रतिवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

संघले विगत डेढ महिनादेखि सञ्चालन गरेको ‘ट्राफिक तथा यातायात व्यवस्थापन अभियान’ अन्तर्गत पैदलयात्री, सवारी चालक, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा अन्य सरोकारवालाबाट संकलित सुझावलाई कोरियाली अभ्याससँग तुलना गर्दै प्रतिवेदन तयार पारेको जनाएको छ।

संघका अध्यक्ष प्रेमकुमार गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेश काफ्ले, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिलजंग शाहको उपस्थिति रहेको थियो।

कार्यक्रममा महासचिव जितेन्द्र बानियाले अभियानको उद्देश्य, अध्ययनका निष्कर्ष र ट्राफिक व्यवस्थापन सुधारका लागि आवश्यक सुझावहरू प्रस्तुत गरेका थिए। अध्यक्ष गुरुङले सुरक्षित, व्यवस्थित र आधुनिक यातायात प्रणाली निर्माणमा निजी क्षेत्र तथा नागरिक समाजको भूमिकाबारे धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी काफ्लेले संघले सञ्चालन गरेको अध्ययन तथा जनचेतनामूलक अभियानको प्रशंसा गर्दै ट्राफिक व्यवस्थापन सुधारका लागि सरकारी निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताए। उनले कोरियाली अभ्यासलाई व्यवहारमा उतार्न नेपालमै ‘नमुना ट्राफिक चोक’ निर्माण गरी नागरिकलाई आधुनिक ट्राफिक व्यवस्थापनका अभ्यास प्रत्यक्ष अवलोकन गराउने अवधारणासमेत अघि सारे।

प्रतिवेदनमा समेटिएका सुझाव कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै काफ्लेले आगामी दिनमा पनि संघसँग सहकार्य जारी रहने बताए।

कार्यक्रममा सहभागीहरूले बढ्दो सवारी चाप, सडक अनुशासन, पैदलयात्री सुरक्षा, सार्वजनिक यातायात व्यवस्थापन तथा ट्राफिक सचेतनाका विषयमा साझा प्रतिबद्धता जनाउँदै सम्बन्धित निकायबीच थप प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको औँल्याएका थिए।

अभियानअन्तर्गत संघले ‘सडक जीवन हो, खेल मैदान होइन’ तथा ‘ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा र सभ्य समाज निर्माण गरौं’ भन्ने सन्देशसमेत प्रवाह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit