Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

एकैदिन ४२ सयले बढेको सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान, तोलाको कति पुग्यो ?

एकैदिन ४२ सयले बढेको सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान, तोलाको कति पुग्यो ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । पुस अन्तिम सातादेखि नै निरन्तर उकालो लागेको सुनको भाउ आज हालसम्मकै महँगो बनेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुन खरिद गर्न उपभोक्ताले दुई लाख ८२ हजार रूपैयाँ भुक्तान गर्नुपर्ने छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला चार हजार दुई सय रूपैयाँले वृद्धि भएको छ ।

आइतबार सुन दुई लाख ७७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यसअघि गत बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। सो दिन प्रतितोला दुई लाख ७८ हजार रूपैयाँ पुगेर सुनको कारोबारमा रेकर्ड कायम भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले बढेको छ। आज एक तोला चाँदी पाँच हजार ८१० रुपैयाँ निर्धारण भएको छ। आइतबार त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit