Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

एनआईसी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग

एनआईसी एशिया बैंकद्वारा सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विद्यार्थीहरूको पठनपाठनलाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ।

प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म ३७६ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा असार १० गते आयोजित कार्यक्रममा बैंकका काठमाडौं इस्ट सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख ईश्वर जिसीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिप पुरीलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेका थिए।

हस्तान्तरण कार्यक्रममा विद्यालयका उपप्रधानाध्यापकहरू निरा गिरी र गोविन्द नेपाल, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकले उपलब्ध गराएको स्मार्ट बोर्डले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी र सहज बनाउनुका साथै विद्यालयमा आधुनिक तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit