Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

स्याङ्जामा बलेरो जिप दुर्घटना: एकको मृत्यु, २० घाइते

स्याङ्जामा बलेरो जिप दुर्घटना: एकको मृत्यु, २० घाइते
विज्ञापन
Advertisement

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्ली डाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा शुक्रबार डबल क्याप बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

ताप्केबाट वालिङतर्फ आउँदै गरेको द्यब्ब् ७९०५ नम्बरको जिप सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा वालिङ–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु बोकेको जिपमा चालकसहित २२ जना सवार थिए। घाइते सबैको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो।

प्राथमिक उपचारपछि १७ जनालाई थप उपचारका लागि पोखरा र दुई जनालाई बुटवल रिफर गरिएको छ। एक बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिप चालक वालिङ–७ निवासी २८ वर्षीय मीनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit