Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

क्रमभंग नै परिवर्तनको नियम हो, वामपन्थी एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड

क्रमभंग नै परिवर्तनको नियम हो, वामपन्थी एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, निरंकुशता र वैदेशिक हस्तक्षेपविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिहरूबीच कार्यगत एकतामा ढिलाइ गर्नु ठूलो राजनीतिक गल्ती हुने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले तत्काल वामपन्थीबीच पार्टी एकताको अवस्था नभए पनि कार्यगत एकताका लागि ढिला गर्न नहुने बताए। उनले भने, ‘राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध र वैदेशिक दबाब तथा हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त शक्तिहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुन्छ।’

प्रचण्डले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिस्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै कुनै पनि विचार वा नीति सर्वकालिक नहुने धारणा व्यक्त गरे। उनले इतिहास र विचारलाई समय तथा परिस्थितिअनुसार मूल्याङ्कन गर्नुपर्ने बताउँदै माक्र्सवादको मूल आत्मा नै ‘ठोस वस्तुको ठोस विश्लेषण’ भएको उल्लेख गरे । ‘सबै कुरा सर्वकालिक हुँदैनन्। सबै सत्य सापेक्षिक छन्, निरपेक्ष केही पनि छैन,’ प्रचण्डले भने।

प्रचण्डले २०७४ सालको निर्वाचनअघि यही हलबाट तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच कार्यगत एकता र त्यसपछि पार्टी एकताको घोषणा गरिएको स्मरण गर्दै अहिले पनि दुवै दलका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु अर्थपूर्ण रहेको बताए।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनको घोषणा मदन भण्डारीको स्मृतिदिवस जेठ ३ गते गरिएको उल्लेख गर्दै त्यसको विशेष राजनीतिक र वैचारिक महत्व रहेको बताए। सम्बोधनका क्रममा उनले आफूलाई बेला–बेला विभिन्न कोणबाट विश्लेषण गरिने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। आफूले ‘क्रमभंग’ को कुरा गर्दा त्यसलाई गलत रूपमा बुझ्ने गरिएको उनको भनाइ थियो। ‘म विल्कुल हतारिएको छैन। मैले क्रमभंग भन्यो भने उत्पात गर्न थाल्यो भन्छन्। तर प्रकृति, समाज र मानव समाजको नियम नै निरन्तरतामा क्रमभंग हो,’ उनले भने।

प्रचण्डले एउटै सोच र कार्यदिशामा स्थिर रहेर परिवर्तन सम्भव नहुने तर्क गर्दै भने, ‘सधैं एकै ठाउँमा बस्ने र बौद्ध भिक्षुजस्तै घण्टी बजाइरहने प्रवृत्तिले कहीँ पुर्‍याउँदैन ।’ उनले वर्तमान परिस्थितिअनुसार कम्युनिस्ट आन्दोलनले पनि आफूलाई परिवर्तन गर्नुपर्नेमा जोड दिँदै गतिशील राजनीतिक सोच नै समयको आवश्यकता भएको तर्क गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit