काठमाडौं । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।
विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लिने ऋण उत्पादनमूलक तथा पूर्वाधार विकासका आयोजनामा खर्च गरिने बताएका छन्। विदेशी ऋण प्रायः पूर्वाधार आयोजनाका लागि तोकिएर आउने र त्यस्ता आयोजनाले आर्थिक गतिविधि बढाउने, दूरी घटाउने तथा लागत कम गर्ने भूमिका खेल्ने उनको भनाइ थियो।
यद्यपि, ऋण लिएर निर्माण गरिएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान अवस्थाले फरक परिदृश्य देखाएको उल्लेख गर्दै उनले यस्ता आयोजनाको प्रभावकारी अनुगमन आवश्यक रहेको बताए।
यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले दर्ता गराएका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। ती संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएका थिए।















प्रतिक्रिया दिनुहोस्