Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

नेप्से परिसूचकको ओरालो यात्रा सातौं कारोबार दिनमा पनि थामिएन

नेप्से परिसूचकको ओरालो यात्रा सातौं कारोबार दिनमा पनि थामिएन
विज्ञापन
Advertisement

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ६३ अङ्कले ओरालो लागेर दुई हजार ६०८ दशमलव ३३ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर ४५२ दशमलव ७९ अङ्कमा सीमित भएको छ। यो सँगै नेप्से लगातार सात कारोबार दिन ओरालो लागेको छ।

कूल ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ ।नेप्सेका अनुसार, कारोबारका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा छ। टक्सार पिखुवा खोला हाइड्रोपावर, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, याम्बलिङ हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार स्नो रिभर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, स्ट्याण्र्डड चार्टड बैंकको डिवेञ्चर र सिर्जनशील लघुवित्तका लगानीकर्ताले कमाएका छन्। टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, श्रीनगर एग्रीटेक र पियोर इनर्जीका लगानीकर्ताले भने गुमाएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit