Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

आज फेरी ऋणपत्र मार्फत २५ अर्ब तान्दै राष्ट्र बैंक

आज फेरी ऋणपत्र मार्फत २५ अर्ब तान्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म बोलकबोल गरी ऋणपत्र निष्कासन गरिनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।

बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार १९ गते भुक्तानी गरिनेछ। ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ। ऋणपत्रमा न्यूनतम पाँच करोड रुपैयाँ र त्यसपछि पाँच करोड रुपैयाँका दरले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ। जारी हुने ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न पनि सकिने व्यवस्था छ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलबाट स्वीकृत ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार स्वीकृत ऋणपत्र लगानी पोर्टफोलियोमा समावेश हुनेछ। यद्यपि यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit